विवादपछि रोकिएको एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षको मतगणना पुनः सुरू



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको मतगणना पुनः सुरू भएको छ ।

मतपत्रमा दुई वटा संकेत लगाईएको विषयमा विवाद भएपछि मतगणना रोकिएको थियो । प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलकाअनुसार उक्त मतपत्रलाई सद गर्ने भएसँगै पुनः मतगणना सुरू भएको छ ।

हालसम्म १२ सय मतगणना भइसकेको छ । हालसम्म मत गन्दा राम चन्द्र संघईले ४५२ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ४१७ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु