नेपाल उद्योग वाणिज्य महासंघको चुनावः वरिष्ठ उपाध्यक्षको १२ सय मत गन्दा संघई र अन्जनबीच ३५ मतको मतान्तर



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको १२ सय मतको गणना सकिएको छ ।

हालसम्म मत गन्दा राम चन्द्र संघईले ४५२ मत ल्याउँदै अग्रस्थान कायम गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ४१७ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ३१७ मत प्राप्त गरेका छन् ।

शिर्ष स्थानमा रहेका संघई र दोस्रो स्थानमा रहेका अन्जनबीचको मतान्तर ३५ मतको रहेको छ ।

हालसम्म केही मतपत्र बदर भएका छन् भने केही खाली देखिएका छन् ।

बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल मत १६५९ खसेको थियो ।

हाल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतगणना भइरहेको छ ।


क्लिकमान्डु