नेपाल उद्योग वाणिज्य महासंघको चुनावः ७ सय मत गन्दा संघईको अग्रता कायमै, पछ्याउँदै अन्जन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको ७ सय मत गणना भएको छ ।

हालसम्म मत गन्दा राम चन्द्र संघईले २७७ मत, उमेशलाल श्रेष्ठले २०३ मत र अन्जन श्रेष्ठले २१३ मत प्राप्त गरेका छन् ।

हालसम्म १ मत बदर भएको छ ।

बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल मत १६५९ खसेको थियो ।


क्लिकमान्डु