नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित भएकी छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई समूहबाट उठेकी उनले ८४६ मत ल्याएकी हुन् ।

प्रतिस्पर्धी उम्मेदवार भरत आचार्यले ७८१ मत पाएका छन् । आचार्य वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठका साझा उम्मेदवार थिए ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई समूहकै सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।वस्तुगततर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित भएका छन् ।

हिजो भएको निर्वाचनमा एसोसिएटतर्फ १६ सय ४९ मत खसेको थियो । वस्तुगततर्फ र जिल्ला नगरतर्फका उपाध्यक्षको पनि अन्तिम नतिजा आइसकेको छ ।


क्लिकमान्डु