उद्योग वाणिज्य महासंघ निर्वाचनः एसोसिएट उपाध्यक्ष पदको मतगणना सुरु



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका लागि एसोसिएटतर्फका उपाध्यक्षको मतगणना सुरु भएको छ । एसोसिएट उपाध्यक्षका लागि ज्योत्स्ना सुब्बा श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् ।

ज्योत्स्नाले रामचन्द्र संघईको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् भने आचार्य उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठका साझा उम्मेदवार हुन् ।

हिजो भएको निर्वाचनमा एसोसिएटतर्फ १६ सय ४९ मत खसेको छ । वस्तुगततर्फ र जिल्ला नगरतर्फका उपाध्यक्षको अन्तिम नतिजा आइसकेको छ ।

वस्तुगततर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित भएका छन् । त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।


क्लिकमान्डु