उद्योग वाणिज्य महासंघ निर्वाचन: वस्तुगत समूहको उपाध्यक्षमा ढकाल निर्वाचित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

बुधबार भएको मतदानको जारी मतगणनामा वस्तुगत समूहतर्फको उपाध्यक्षको गणना सकिएको हो ।

एक पदका लागि निर्वाचनमा हेमराज ढकालले ६१ मत पाए । उनी वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठ समूहका हुन् । हेमराज एफएनसीसीआईका पूर्व अध्यक्ष चण्डीराज ढकालका भाइ हुन् ।

दोस्रो स्थानमा रहेका मनिषलाल प्रधानले ५२ मत पाए । त्यस्तै सकुन्तला हिराचनले ७ मत पाएका छन् ।


क्लिकमान्डु