एफएनसीसीआई चुनाव: वस्तुगतमा उमेशलाल समूहकाे वर्चस्व

105
Shares

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ वस्तुगत सदस्यको मतगणना सकिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा भएको मतदानमा बस्तुगततर्फ १४ पदका लागि २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

बस्तुगतमा उमेशलाल श्रेष्ठ समूहले बढी सदस्यमा जीत हात पारेको छ । उमेशलाला समूहले ८ सदस्यमा जीत हात पार्दा अर्का उम्मेदवार अञ्जन श्रेष्ठ समूहले ६ सदस्यमा जीत हात पारेको छ ।

उमेशलाल समूहबाट विजयी

कमला श्रेष्ठ ६६
डा. सुबोध कुमार गुप्ता ७५
नरेशलाल श्रेष्ठ ९१
नानीराज घिमिरे ७२
पशुपतिदेव पाण्डे ६५
भक्त बहादुर हमाल ७२
लिलेन्द्रप्रसाद प्रधान ७९
हरिबहादुर कार्की ८२

अञ्जनलाल श्रेष्ठ समूहबाट विजयी

शोभा जावाली ७२
अरनिको राजभण्डारी ७६
मनोज अधिकारी ६७
राज कुमार कार्कि ६२
रविन पुरी ७४
शिव प्रसाद घिमिरे ८१

Skip This