एफएनसीसीआई निर्वाचन: कुन प्रदेशमा को विजयी ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आजसम्पन्न निर्वाचनको मतगणना जारी छ । बुधबार राति साढे ८ बजेबाट सुरु भएको मतगणनाको नजिता आउन सुरु गरेको छ ।

पछिल्लो अपडेट अनुसार कोशी प्रदेशमा नरेन्द्र खड्का विजयी भएका छन् । त्यस्तै मधेश प्रदेशबाट अरुण प्रधान, कर्णाली प्रदेशबाट लालिमान बुढा र बागमती प्रदेशमा सबिन श्रेष्ठ विजयी भएका छन् । बाँकी प्रदेशमा यसअघिनै निर्विरोध निर्वाचति भइसकेका छन् ।

प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको थियो ।


क्लिकमान्डु