बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीसमक्ष उद्याेग मन्त्रीको आग्रह



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योग ठप्प भएको हुँदा व्यवसायीहरु निरुत्साहित भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभामा मन्त्री रिजालले मुलुक अहिले चुनौतीपूर्ण समयबाट गुज्रिरहेको बताए ।

‘आर्थिक अवजस्था त्यत्ति राम्रो छैन । आयात निर्यातमा ठूलो ग्याप भएको छ । व्यवासीहरु निरुत्साहित हुनु भएको छ । उद्योगीहरुको उद्योग ठप्प भएको छ । धेरै गुनासोहरु हामीले सुन्नु परेको छ’ उनले भने ।

देशलाई समृद्धितर्फ लैजाने भन्दै यसका लागि उद्योगि व्यबसायिले पाएको दु:ख बुझ्नेको बताए । व्यबसायीमा बैंक ब्याजदरको समस्या रहेको भन्दै उनले बैंकको ब्याजदर घटाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘मैले थाहा पाएसम्म तपाईंहरुको बैंकको विषय छ । यस्ता समस्याबाट गुज्रिनु परेको छ । कहीँ वनको समस्या आएको छ, कहीँ भूमि सुधारका समस्याहरु आएका छन् । यस्ता समस्यामा कुनै पनि बेला तपाईंहरु आएर कुरा गर्न सक्नुहुन्छ’ उनले भने ।


क्लिकमान्डु