बर्जु गाउँपालिकाका इन्जिनियर मेहता २० हजार घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा इटहरीबाट गएको अख्तियार टोलीले सोमबार इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिकाको पुल्चोक नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मेहतामाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए ।


क्लिकमान्डु