धौलागिरी बेसक्याम्पमा हेली एभरेस्ट फोर्स ल्यान्डिङ, सवार दुई जनाको सकुशल उद्धार



सांकेतिक तस्बिर

काठमाडौं । पोखराको म्याग्दीको धौलागिरी बेसक्याम्पमा बिहान ११ बजेबाट सम्पर्कविहीन भएको हेली एभरेस्ट हेलिकप्टर फोर्स ल्यान्डिङ गरिएको छ ।

म्याग्दी जिल्ला प्रशासन कार्यालयका प्रमुख तुलसीराम पौडेलका अनुसार बिहान ११ बजेर ११ मिनेटबाट उक्त हेलिकप्टर सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको हेलिकप्टर हेली एभरेस्ट कम्पनीको एन-एएनबी (एएस-३५०) हो ।

‘हेलिकप्टरलाई फोर्स ल्यान्डिङ गराइएको छ,’ उनले भने, ‘सवार दुई जनाको सकुशल उद्धार भएको छ ।’

हेलिकप्टरमा एक जना क्याप्टेन र अन्य एक जना मात्र सवार रहेको पाडेलले बताए । उनले भने, ‘फोर्स ल्यान्डिङका कारण सामान्य चोटपटक लागेको छ । अहिले अर्को हेलिकप्टर त्यहाँ ल्यान्ड गर्न खोज्दा सकिएको छैन ।’


क्लिकमान्डु