सन्दीप लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ ।
न्यायाधीश शंकरराज बरालको इजलासमा लामिछानेविरुद्धको मुद्दाको पेसी परेको हो । यसअघि दुईपटक तोकिएको पेसी लगातार स्थगित भएका थिए ।
आज जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेसी ३ नम्बरमा पालो परेको छ ।