भुसाल प्लाई एण्ड ब्याम्बो इन्डस्ट्रिले एकै वर्ष गर्‍यो करिब ११ करोडको व्यापार



काठमाडौं । भुसाल ग्रुपको भुसाल प्लाई एण्ड ब्याम्बो इन्डस्ट्रि प्रालिले एकै वर्ष करिब ११ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । कम्पनीले बाँसको विभिन्न प्रकारको वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले प्लाईबोर्ड ढोका र अन्य विभिन्न प्रकारका बाँसजन्य वस्तु उत्पादन गर्दै आएको छ ।

नवलपरासी जिल्लामा रहेको कम्पनीले प्रतिदिन ३८ हजार ४ सय स्क्वायरफिट प्लाईउड उत्पादन गर्दै आएको छ । त्यसैगरी, कम्पनीले उक्त उद्योगलाई परिमार्जन गरी उत्पादन बढाएको छ ।

कम्पनीले थप लगानी उत्पादन बढाएसँगै आगामी दिनमा प्रतिदिन १ लाख ७२ हजार ८ सय स्क्वारफिट प्लाईउड उत्पादन गर्नेछ।कम्पनीले उक्त उद्योग विस्तारका लागि १८ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

बालकृष्ण भुसाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९२ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४४ करोड ६५ लाख रुपैयाँ अर्था् बी प्लस र अल्पकालीन कर्जाका लागि ४७ करोड ३४ लाख अर्थात् एफोर रेटिङ गराएको छ ।


क्लिकमान्डु