बाह्रखरी ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ कार्यक्रम गर्ने
काठमाडौं । बाह्रखरी मिडियाले ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ परिसंवाद कार्यक्रम गर्ने भएको छ ।
वैशाख ९ गते हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन । कार्यक्रममा एक हजार पाँच सय बढी व्यक्तिको सहभागतिा हुनेछ ।
बाह्रखरीका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि यस्ता कार्यक्रम आयोजना गरेको बताए ।
‘खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं’, उनले भने, ‘बाह्रखरीले गरेको यो कामलाई अन्य मिडियालेसमेत सञ्चालन गर्न सक्छन् ।’
उनले खेलसँगै बाह्रखरीले वार्षिकरुपमा कथा प्रतियोगिता आयोजना गरेर साहित्यको क्षेत्रमा सहयोग पु¥याएको बताए ।
‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुनेछन् ।
कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन् ।
‘अर्को चरणको आर्थिक सुधार’मा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको हो’, प्रधान सम्पादक प्रधानले भने, ‘आर्थिक परिसंवाद’ले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पु¥याउनेछ भन्ने हामीलाई लागेको छ ।’
कार्यक्रममा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने ‘सुनको बल’ सार्वजनिकीकरण गरिएको छ ।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिकीकरण गरेका थिए भने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सहजीकरण गरेका थिए ।