सांसद डाँगीको प्रश्न- सँधै झगडा परिरहने प्रधामन्त्री, सभामुख बस्ने कुर्सी कुन देशबाट आयात भएको हो ?



काठमाडौं । सांसद निसा डाँगीले संसदमा प्रयोग गर्ने कुर्सी, माइक, कापी, कलम नेपाली नै प्रयोग गर्न सरकारलाई आग्रह गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् ।

‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो वा नेपालमा नै बनेको हो । कुर्सीको लागि जुन झगडा हुने गरेको छ प्रधानमन्त्री, सभामुखको कुर्सी कुन देशबाट आयात भएको हो’ उनले भनिन्, ‘यहाँ प्रयोग हुने कुर्सी, माइक, कलम कपी नेपाली प्रयोग गरौ ।’ उनले नेपालमा आयात बढ्दै गएको भन्दै आन्तरिक उत्पादन उपभोग गर्ने नीति बनाउन सरकारलाई आग्रह गरिन् ।

उनले चालु आर्थिक वर्ष २०७८/०७९ मा ८८ हजार किलो टुथपिक र करिब २६ लाख किलो ट्वाईलेट पेपर भित्रीएको स्मरण गराइन । करिब ४१ करोड बराबरको टुथपिक र ट्वाईलेट पेपरमा खर्च भएको भन्दै टु्थपिकदेखि मोबाइलसम्म, स्याम्पुदेखी कारसम्म आयात भएकाले आन्तरिक उत्पादन बढाउन राज्य लाग्नुपर्ने बताइन ।


क्लिकमान्डु