निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं, तरलताको समस्या सम्बोधन गर्न राष्ट्र बैंकसँग छलफल गर्छौं: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीसँग मन्त्री महतले तरलता समस्या समाधान गर्ने र ब्याजदर कम गर्ने विषयमा राष्ट्र बैंकसँग छलफल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

महासंघका अध्यक्ष गोल्छाले पुँजीगत खर्च बढाएर बजारमा देखिएको तरलता समस्या समाधान गर्न सरकार लाग्नुपर्ने माग गरे ।

महासंघले वैदेशिक सहायता परिचालन गर्दै तरलता समस्या समाधान गर्न र सीमानाकामा भइरहेको तस्करी नियन्त्रणका लागि कडा कदम चाल्न माग गरेको छ ।

जवाफमा मन्त्री महतले सबै पक्षसँग संवाद गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्लिकमान्डु