आगामी वैशाख १ गतेदेखि स्थानीय तहबाटै श्रम स्वीकृति लिन सकिने



काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृति दिने भएको छ । बिहीबार प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री स्तरीय बैठकबाट आगामी वैशाख १ गतेदेखि स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन कार्य आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत् वितरण गर्ने भएको हो ।

‘वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित, सुरक्षित, भरपर्दो, पारदर्शी तथा सहज बनाउने साथै सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा प्रदान गर्ने उद्देश्य अनुरूप स्थानीय तहबाट नै सेवा प्रवाह हुनु बढी फलदायी देखिन्छ । सोहीअनुसार स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य आगामी वैशाख १ गतेबाट ७५३ वटै स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत् वितरण समेत गर्ने गरी निर्णय भएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु