स्वास्थ्य व्यवसायमा विराट मेडिकल कलेज आक्रामक, १ अर्बको लागतमा क्यान्सर इन्स्टिच्युट सञ्चालनमा



विराटनगर । स्वास्थ्य व्यवसायमा विराट मेडिकल कलेज आक्रामक बन्दै गएको छ । विराटले १ अर्बको लागतमा क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ ।

मोरङको बूढीगंगा गाउँपालिका–२ टङ्कीसिनवारीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । क्यान्सर रोगको उपचार गर्न अस्पताल परिसरभित्रै विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले क्यान्सरको सम्पूर्ण उपचार गर्ने उद्देश्यले १ सय शय्याको इन्स्टिच्युट सञ्चालनमा ल्याएको बताए । उनले कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार हुने दाबी गरे ।

आधुनिक प्रविधिको रेडिएसन पद्धतिद्वारा क्यान्सर रोगको उपचार विधि सुरु गरिएको हो । कोशी प्रदेशसहित भारतको विहार र पश्चिम बंगालका बिरामीलाई लक्षित गरी इन्स्टिच्युड सञ्चालनमा ल्याइएको हो ।


क्लिकमान्डु