काठमाडौंमा आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा, यी ठाउँमा सवारी निषेध



काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा आजदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा भएकाले विभिन्न ठाउँमा सवारी साधनलाई निषेध गरिएको छ ।

महानगरले एक सूचना प्रकाशित गर्दै बुधबारदेखि आगामी चार दिनसम्म (चैत १९ गतेसम्म) रथजात्रा हुने विभिन्न क्षेत्रमा सबै प्रकारका सवारी साधनहरुको प्रवेश निषेध गरेको जनाएको छ । सूचनाकाअनुसार चैत १५ गते तीनधारा पाठशालादेखि घण्टाघर हुँदै रत्नपार्कबाट भोटाहिटी हुँदै असनसम्मको क्षेत्रमा सवारी साधनलाई निषेध गरिएको छ ।

त्यस्तै, चैत १६ गते असन–केलटोल–इन्द्रचोक–मखन–हनुमानढोका दरबार परिसरमा सवारी साधन निषेध गरिएको छ । चैत १७ गते हनुमानढोका दरबार परिसर–मरु टोल–चिकँमुगल–चैसीदेव ज्याबहाल–लगन चोकमा सवारी निधेष हुनेछ भने चैत १८ गते लगत चोकमा सवारी साधन निषेध गरिएको छ । चैत १९ गते लगन चोक–दलाछि–ह्युतम (जैसिदेवल–कोहिटी–भिमसेनस्थान–मरु टोल–प्याफल–यट्खा–नरदेवी–किलागल–भेडासिँह–केलटोल क्षेत्रमा सवारी निषेध गरिउएको महानगरले जनाएको छ ।

काठमाडौंको सांस्कृतिक, ऐतिहासिक र सामाजिम महत्व भएको सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि चैत १९ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा हुनेछ । यो अवधीमा यी क्षेत्रबाट रथयात्रा हुने भएकाले यी सबै मार्गहरुमा सवारी निषेध गरिएको महानगरले जनाएको छ ।


क्लिकमान्डु