सेताम्य बने सुदूरपश्चिमका हिमाल (तस्बिरहरु)



बझाङ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा हिमपात सुरु भएको छ । यहाँका पहाडी जिल्लामा आजसहित यो वर्ष चौथो पटक हिमपात भएको हो ।

सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थल खप्तडमा आज बिहानदेखि हिमपात सुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाले जनाएको छ । माघ र फागुनमा परेको हिउँ पग्लिसकेको थियो । हिमपातले जनजीवन प्रभावित भए पनि बाली लगाएका किसान खुसी भएका छन् । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदार थानलगायतका उच्च पहाडी क्षेत्र सेताम्य बनेका छन् ।

तस्बिर सौजन्य: भूमिराज पिठातोली/बझाङ


क्लिकमान्डु