एयरलाइन्सका कर्मचारीले सचिवको ब्याग फुटाए, दवाडीको प्रश्न: अब डोको बोक्नु पर्‍यो ?



काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सका यात्रुकोका लगेज, ब्याग तोडफोड भएको घटना सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट भारतको दिल्ली जानेक्रममा आफ्नो आफ्नो ब्यागेज तोडफोड गरिएको अवस्थामा फेला परेको उल्लेख गरेका छन् ।

नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछि लगेज हेर्दा तोडफोड गरिएको अवस्थामा हात परेको दवाडीको भनाइ छ । उनले यसको जिम्मा कसले लिने भन्दै प्रश्न गरेका छन् ।

‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो’ दवाडीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला । मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्यो?’

यसअघि पनि विमानस्थलका कर्मचारीहरुले विदेशबाट आउने यात्रुको लगेज पटकपटक फुटाउने गरेको गुनासो आउने गरेको थियो । पछिल्लो समय भने नेपाल सरकारका सचिव नै यसको सिकार बनेका छन् ।


क्लिकमान्डु