सुन-चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार सुन-चाँदीको मूल्य बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो । मंगलबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएकोमा मंगलबार १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु