सरकारले २-४ दिनभित्रै पूर्णता पाउँछ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २-४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै सञ्चारकर्मीमाझ उनले २-४ दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले त्यसका लागि सरकारलाई समर्थन दिएका सबै दलसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने जानकारी दिए । आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने उनको भनाइ छ ।

‘अब आरामसँग सरकार चल्छ, विकास निर्माणको कामले गति लिन्छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैत अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुनसक्ने बताए ।


क्लिकमान्डु