काठमाडौं महानगरले न्यायिक सम्मेलन गर्ने



काठमाडौ । काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते राष्ट्रिय न्यायिक सम्मेलन गर्ने भएको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलका अनुसार दुई दिने सम्मेलनमा देशभरका सबै पालिकाका न्यायिक समितिका संयोजक वा सदस्य सहभागी रहनेछ ।

७५२ स्थानीय तहमा सबैलाई खबर गरेको र अहिलेसम्म २१५ तहले उपस्थिती जनाउने जानकारी गराएको डंगोलको भनाइ छ ।

सम्मेलनमा न्याय सम्पादन तथा मेलमिलाप गराउने बिषयमा जानकारी गराईने छ भने यसअघिका उपप्रमुखले गरेका उदाहरणीय कामको पनि जानकारी लिइने छ ।

सम्मेलनबाट आएको सुझावसहितको दिग्दर्शन जारी गर्ने र घोषणापत्र पनि जारी गर्ने तयारी रहेको डंगोलले बताइन् ।

‘अहिलेसम्म कतिपय पालिकामा न्यायिक समिति बनेको छैनन् भन्ने गुनासो भएको छ’ उनले भनिन् ‘कतिपय पालिकामा मेयरले सहयोग नगर्दा समिति गठन हुन समस्या हुने गरेको गुनासो पनि रहेको छ ।’ यो सम्मेलनले ती गुनासो समाधान हुने उनको धारणा छ ।


क्लिकमान्डु