सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुन-चाँदीको मूल्य घटेको छ ।

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । गत फागुनमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ कायम भई नयाँ रेकर्ड राखेको थियो ।

उक्त सुनको मूल्यको रेकर्ड ब्रेक गर्दै आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । तर, सोमबार प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएकोमा सोमबार १३ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु