घट्दै अख्तियारको ‘सक्सेस रेट’: ५ वर्षमा ८३६ मुद्दामा फैसला हुँदा २३३ उल्टिए



काठमाडौं । पछिल्लो पाँच वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाहरुमा अख्तियारको पक्षमा हुने फैसलाको दर घटेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पाँच वर्षमा विशेष अदालतमा १२ सय ३० मुद्दा दायर गरेको छ । जसमध्ये विशेष अदालतले ८३६ मुद्दाको फैसला गरेको छ ।

यीमध्ये ६०३ वटा मुद्दाको फैसला अख्तियारको मुद्दा स्थापित हुने किसिमका छन् । अख्तियारले अदालतमा दर्ता गराएका २३३ वटा मुद्दाहरु भने उल्टिएका छन् ।

पछिल्ला १० वर्षमा हरेक वर्ष विषेश अदालतले फैसला गरेका अख्तियारका मुद्दाहरुमध्ये सबैभन्दा कम मुद्दामा कसुर स्थापित गत आवमा भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा विशेष अदालतले अख्तियारका १४८ मुद्दाहरुमा फैसला गरेको थियो ।

फैसला भएका मुद्दाहरुमध्येबाट अख्तियारको पक्षमा ३८.५१ प्रतिशत मुद्दाहरु मात्रै परेका थिए । भ्रष्टाचारजन्य आरोपमा अख्तियारले अदालतमा दायर गरेका १४८ मुद्दाहरुमध्ये ५७ वटा मुद्दाहरुमा मात्रै आरोप स्थापित भएको हो । बाँकी मुद्दाहरुमा भने अख्तियारको आरोप सिद्ध हुन सकेन ।

आव २०७८/०७९ मा अख्तियारले १३१ मुद्दाहरु अदालतमा दर्ता गराएको थियो । उक्त आर्थिक वर्षमा अख्तियारले जितेका मुद्दाहरुको संख्या १० वर्षकै सबैभन्दा कम रहेको छ ।

पाँच वर्षमा १२३० मुद्दा दर्ता, ८३६ मा फैसला हुँदा ६०३ अख्तियारको पक्षमा

आर्थिक वर्ष २०७४/०७५ यता विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुल १२ सय ३० मुद्दा दर्ता गराएको छ ।

आव २०७४/०७५ मा अख्तियारले १९४ वटा मुद्दा दर्ता गराएको थियो । त्यस्तै, आव २०७५/०७६ मा ३५१ वटा, आव २०७६/०७७ मा ४४१ वटा, आव २०७७/०७८ मा ११३ वटा र आव २०७८/०७९ मा १३१ वटा मुद्दा दर्ता भएका थिए ।

त्यस्तै, आव २०७४/०७५ यता विशेष अदालतले अख्तियारका ३६ मुद्दाहरुमा फैसला गरेको छ । आव २०७४/०७५ मा अख्तियारका १७४ मुद्दामा फैसला भएको थियो । जसमध्ये ६७. प्रतिशत अर्थात ११८ मुद्दामा अख्तियारले दाबी गरेको कसूर स्थापित भएको थियो ।

आव २०७५/०७६ मा विशेष अदालतले २०४ वटा मुद्दामा फैसला गरेको थियो । जसमध्ये ८.२ प्रतिशत अर्थात १० मुद्दामा अख्तियारले दाबी गरेको कसूर स्थापित भएको थियो । त्यस्तै, आव २०७६/०७७, आव २०७७/०७८ र आव २०७८/०७९ मा क्रमशः १९७, ११३ र १४८ मुद्दामा विशेष अदालतले फैसला गरेको थियो ।

यी आर्थिक वर्षहरुमा अख्तियारले दाबी गरेको कसूर स्थापित हुने दर क्रमशः ८४.८, ७१.७ र ३८.५१ प्रतिशत रहेको छ । आव २०७६/०७७ मा फैसला भएका १९७ वटा मुद्दामध्ये १६७, आव २०७७/०७८ मा फैसला भएका ११३ मुद्दामध्ये १ र आव २०७८/०७९ मा फैसला भएका १४ मध्ये ५७ वटा मुद्दामा अख्तियारले दाबी गरेको कसूर स्थापित भएको थियो ।


क्लिकमान्डु