६ महिनामा उपत्यकामा २३ अर्ब लगानी प्रतिबद्धता, अधिकांश वैदेशिक लगानी



काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा उपत्यकामा मात्रै २३ अर्ब लगानी प्रतिबद्धता आएको छ । देशभर दर्ता भएका उद्योगमध्ये ठूलो हिस्सा ओगटेको उपत्यकाका ३ जिल्लामा ६ महिनाको अवधिमा २३ अर्ब ६ करोड ९७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

चालू आर्थिक वर्षको ६ महिनामा स्वदेशी तथा विदेशी लगानीका गरी १४५ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएकामध्ये ३९ वटा ठूला, ४१ वटा मध्यम र ६५ वटा साना उद्योग छन् । ती उद्योगले १ खर्ब ३९ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार दर्ता भएका उद्योगबाट ९ हजार ८१६ जनाले रोजगारी पाउनेछन् । दर्ता भएका १४५ मध्ये ४७ वटा उद्योग उपत्यकामा मात्रै छन्, जुन ३२ प्रतिशत हिस्सा हो ।

शिक्षा, रोजगारी, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सुविधासम्पन्न मानिएको उपत्यका देशभरका मानिसको आकर्षणको केन्द्र बनेको छ । स्वास्थ्य, शिक्षा र रोजगारीसँगै उद्योग सञ्चालन गर्ने क्षेत्रमा पनि बढी उपत्यका अगाडि देखिएको हो ।

समीक्षा अवधिमा उपत्यकामा ४७ वटा उद्योग दर्ता हुँदा काठमाडौंमा ३५ वटा, ललितपुरमा १० वटा र २ वटा भक्तपुरमा दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये १८ वटा सेवा क्षेत्रका छन् भने पर्यटन क्षेत्रका १३, उत्पादन क्षेत्रका ८, आईसीटी क्षेत्रका ५ र ऊर्जा क्षेत्रका २ वटा उद्योग छन् ।

अधिकांश वैदेशिक लगानीका उद्योग छन् । ४७ वटा उद्योगमध्ये ३२ वटा विदेशी लगानीका छन् भने १५ वटा मात्रै स्वदेशी लगानीका छन् ।

१ अर्बभन्दा बढी लगानीका ६ वटा

उपत्यकामा ६ महिनाको अवधिमा ४७ वटा उद्योग दर्ता हुँदा १ अर्बभन्दा बढी लगानी प्रतिबद्धता जनाएका ६ वटा उद्योग छन् । त्यसमा सबैभन्दा बढी शिवम् होल्डिङ लिमिटेडले लगानी प्रतिबद्धता जनाएको छ । कम्पनीले काठमाडौंको वडा नम्बर ११ मा उद्योग स्थापना गर्ने गरी ५ अर्ब ५० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ ।

काठमाडौंमै ५ अर्ब लगानी गर्ने गरी वान क्यापिटल होल्डिङ्स प्रालिले लगानी प्रतिबद्धता जनाएको छ । उक्त उद्योगमा स्वदेशी र विदेशीको ५०-५० प्रतिशत लगानी हुनेछ ।

विभागका अनुसार काठमाडौंमै ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँबराबरको ओम पावर कम्पनीले जलविद्युत उत्पादन गर्ने गरी लगानी प्रतिबद्धता जनाएको छ । काठमाडौंको बुढानिलकण्ठामा २ अर्ब ४० करोड लगानीमा बुढानिलकण्ठ हेरिटेज निर्माण हुने भएको छ ।

ललितपुरमा बागमती वाटर इनर्जी प्रालिले १ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ र काठमाडौंमा बिजे इन्भेस्टमेन्ट प्रालिले १ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंमा लगानी प्रतिबद्धता जनाएका कम्पनी

उपत्यकामा ६ महिनाको अवधिमा ३५ वटा उद्योग दर्ता भएका छन् । त्यसमध्ये काठमाडौंमा आलु होल्डिङले ३० करोड रुपैयाँ, सेन्सराइज स्मार्ट सोलुसन्स नेपालले १० करोड रुपैयाँ, दरबारमार्ग अश्री ज्वेलर्सले १३ करोड १० लाख रुपैयाँ, गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्टले २५ करोड र क्युनिभर्स कम्पनीले ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, युवा होटल एन्ड रेस्टुरेन्टले २० करोड रुपैयाँ, याङयाङ इन्टरनेसनल कार्गोले ५ करोड, हाई मेई होटल एन्ड रेस्टुरेन्टले २० करोड, मारिया होटल एन्ड रेस्टुरेन्टले १५ करोड, हुवालिन होटल एन्ड रेस्टुरेन्टले १५ करोड र टियान इन्टरनेसनल कार्गोले १० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागका अनुसार हुमा इन्टरनेसनल कार्गोले १० करोड, भैरवी इन्टरनेसनलले ८ करोड, भीएफएस ग्लोबल सर्भिसेस नेपालले ५ करोड, ढाका हलाल रेस्टुरेन्टले ५ करोड, जिन मेन होटलले ५ करोड ५० लाख, ल्यान्ससफ्ट नेपालले ५ करोड २७ लाख र माँ लक्ष्मी मेडिकल सेन्टरले ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, झुफेङ यान्ये इन्जिनियरिङले ५ करोड, मेन्टर फ्रेन्डसले ५ करोड, विज्ञापन टेकले १६ करोड, पशुपति रिक्रिएसनले १७ करोड, जिन्दुओ ज्वेलरी इन्डस्ट्रिजले २ करोड, आसाबेट टेक्नोलोजिजले ६ करोड, होटल लोटसले ५ करोड, डिभाइन इन्डस्ट्रिजले १३ करोड, सर्वोत्तम मेडिकल सेन्टरले ५ करोड, जि लिना इन्टरनेसनलले ५ करोड १० लाख, वर्ल्डवाइड कन्सर्न कन्सट्रक्सन कम्पनीले ५ करोड २५ लाख र आईपी लजिस्टिकले २० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

ललितपुर र भक्तपुरमा लगानी प्रतिबद्धता जनाएका कम्पनी

काठमाडौंबाहेक ललितपुर र भक्तपुरमा १७ वटा उद्योग दर्ता भएका छन् । भक्तपुरमा लोन्नी चिकेन चपले ५ करोड र लुवान स्टिल स्ट्रक्चर आर्किटेक्चरल डेकोरेसन डिजाइन इन्जिनियरिङले ६ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसबाहेक ललितपुरमा जे भूमि वाइनरी उद्योगले ५७ लाख, सनसाइन कन्सट्रक्सन एन्ड इन्जिनियरिङले १५ करोड, भीडीबी डेभलपर्सले ८ करोड ६६ लाख, माइज पब्लिकेसन, स्टोरी डिजाइन्स र जोय नेपाल फ्याब्रिकले ५-५ करोड, काया सान रेस्टुरेन्टले २ करोड, ग्रिन इन्टेलिजेन्स नेपालले ५ करोड र एनके कस्मेटिक्सले २० करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको विभागको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु