भूगोल इनर्जीको आईपीओमा आयोजना प्रभावितले आवेदन दिने समय थपियो




काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको सेयरमा आयोजना प्रभावितलाई आवेदन दिने समय थपिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीले भने आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेछन् ।

आयोजना प्रभावित नेपालीले भने चैत ७ गतसम्म आवेदन दिन सक्नेछन् । भूगोल इनर्जीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र रोजगारीमा रहेका नेपालीलको लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले ५ लाख ४४ हजार ५३ कित्ता सेयर निष्कासन गरेकामा आयोजना अति प्रभावित क्षेत्र नौमुले द्धारी ३ दैलेखका स्थानीय बासिन्दालाई २ लाख ७२ हजार २६ कित्ता र जिल्लाका अन्य स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ८ हजार ८११ कित्ता सेयर छुट्याएको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

विदेशमा रहेका नेपालीले मेरो सेयर र सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले एनआइसी एसिया, ग्लोबल आइएमई र प्रभु बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु