मोदी इनर्जीको आईपीओ निष्कासन, कसले कहिलेसम्म दिन पाउँछ आवेदन ?



काठमाडौं । मोदी इनर्जी कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले २९ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको छ । आयोजना प्रभावित पर्वत जिल्लाको कुश्मा नगरपालिका ३ र ८, मोदी गाउँपालिका–५, २, ६ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले ४ लाख ३५ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले न्यूनतम १० देखि अधिकतम १ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा आयोजना प्रभावितले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

आयोजना प्रभावितले नेपाल इन्भेष्टमेन्ट मेगा, सनराइज, एनआइसी एसिया बैंक र कुमारी बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मेरो सेयर वा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु