दोल्ती पावर कम्पनीको आईपीओमा परेन माग अनुसार आवेदन, समय थपियो




काठमाडौं । दोल्ती पावर कम्पनीका आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप भएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आज कार्यालय समय भित्र आवेदन दिइसक्नु पर्नेछ । आयोजना प्रभावितले भने माग अनुसार आवेदन नदिएपछि चैत ७ गतेसम्म आवेदन दिने समय रहेको छ ।

दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई ५ लाख ३६ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजना प्रभावित दैलेख जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गरेको थियो ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने १ लाख ७ हजार २९८ कित्ता सेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित र स्थानीयले न्यूनतम १० अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितले एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् ।वैदेशिक रोजगारीमा रहेका नेपालीले सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु