एनआईसी एशिया लघुवित्तले नगद मात्रै लाभांश दिने



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट नगद मात्रै लाभांश दिने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १४.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु