बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने छ । कम्पनीले प्रतिसिकत्ता सय रुपैयाँका दरले ८० लाख ९५ हजार रुपैयाँको ८० हजार ९५० कित्ता सेयर निष्कासन गरेको हो ।

जसमा ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । १ हजार ५०० कित्ता सेयर कर्मचारी, १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धमा मेगा क्यापिटल रहेको छ । आवेदनकर्ताले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु