इङवा हाइड्रोपावरको आईपीओ निष्कासन, कसले कहिलेसम्म दिने पाउँछ आवेदन ?
काठमाडौं । इङवा हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ६ लाख कित्ता सेयर निष्कासन गरेको छ ।
आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका र पाँचथर जिल्लाको यङपरक गाउपालिका २ स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् । यस्तै १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । आईपीओमा ५ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावितले भने ५ गतेसम्म माग अनुसार आवेदन नपरेको खण्डमा चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल रहेको छ ।
आयोजना प्रभावितले नेपाल एसबिआई, सिद्धार्थ, लक्ष्मी, सिभिल, सप्तकोशी विकास बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।