जिओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट-जेन फोर्ड एभरेष्ट सार्वजनिक



काठमाडौं । जिओ अटोमोबाइल्स प्रालि (जिओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्र्याएको छ ।

शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ ।

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लि. द्यष्(त्गचदय डिजेल ईन्जिनमा ज्ञण्-स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ । यसले २१० पीएस पावर र ५०० एन.एम टर्क प्रदान गर्दछ ।

जिओ अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी हो । यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ । यसको परिष्कृत मुल्यले नेक्स्ट-जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको ईच्छाएको र छनौटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ ।’

बाहिरबाट शक्तिवान, भित्री आरामदायी

पूर्ण चौडाईको कोस्ट-टू-कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिदैँ, नेक्स्ट-जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू प्रदान गर्दछ । दुबै दोस्रो र तेस्रो पङ्क्तिको सीटहरू सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ । फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी-क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिबिम्बित हुन्छ । अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दरिलो बनाउँछ ।

नेक्स्ट-जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्द्रिय क्षमताको साथ डिजाइन गरिएको छ । प्रिमियम स्तरको कला कौशलले भित्री भाग बनाईएको छ जसमा सात जना सम्म लाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ ।

ग्राहक केन्द्रित प्रविधि

नवीनतम प्रविधिको ठूलो र उच्च रिजोल्युसन भएको १२ इन्चको पोट्र्रेट टचस्क्रिन र १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल यसमा जडित छ र नेक्स्ट-जेन एभरेष्ट फोर्डको नवीनतम एसवाईएनसीफोए प्रणाली रहेको छ ।

ड्राइभर असिस्ट टेक्नोलोजीहरूको नयाँ सुइटले भरिएको, नेक्स्ट-जेन एभरेष्टले तपाईंलाई र तपाईंको परिवारलाई सुरक्षित राख्न मद्दत गर्दछ ।

एक्टिभ पार्क असिस्ट २.० ले बटन थिच्दा पार्किङको तनाव कम गर्न मद्दत गर्छ साथै स्टप एण्ड गोको साथमा नयाँ क्रुज नियन्त्रण रहेको छ जसले चालकहरूलाई सडकमा थप आत्मविश्वास र कन्ट्रोलको महसुस गराउँछ । अन्य नयाँ सुरक्षा सुविधाहरूमा सडक किनारा पत्ता लगाउने लेन-किपिङ प्रणाली, इभासिभ स्टीयर असिस्ट, र रिभर्स ब्रेक समावेश छन् ।

साहसिक यात्राको लागि बनाइएको

नेक्स्ट-जेन एभरेष्टको ट्रयाकमा ५० एमएम वृद्धिले सडकमा थप नियन्त्रित सवार प्रदान गर्न मद्दत गर्छ, र ट्वीक्स टु डाम्पर सेटिङले फोर्ड टिमले एभरेष्टको अन-रोड र अफ-रोड सवारीमा थप रमाइलो र नियन्त्रित गर्न सहयोग दिएको छ ।

कुनै नयाँ ठाउँ एक्सप्लोर गर्न चाहनुहुन्छ? दुईवटा फोर-ह्वील ड्राइभ प्रणाली, अन्डरबडी प्रोटेक्शन र अफ-रोड चयन गर्न मिल्ने ड्राइभ मोड र रियर लकिङ डिफरेंशियल, दुई फंक्शनल टो हुक अपफ्रन्ट साथै एक्सेसरीजका लागि अपफिटर स्वीचको विकल्पसहित नेक्स्ट-जेन एभरेष्ट जान तयार छ ।

दुई द्धध्म् प्रणालीहरू, दुई-स्पीड इलेक्ट्रोनिक सिफ्ट-अन-द-फ्लाई, ट्रान्सफर केस, जसलाई पार्ट-टाइम द्धध्म् प्रणाली पनि भनिन्छ; र अर्को उन्नत, स्थायी चार-पाङ्ग्रे ड्राइभ प्रणालीका साथै चयन गर्न मिल्ने ड्राइभ मोडहरु इलेक्ट्रोनिक रूपमा नियन्त्रित अन-डिमान्ड दुई-स्पीड इलेक्ट्रोमेकानिकल ट्रान्सफर केस प्रयोग गरिएको छ ।

एभरेष्टको अफ-रोड स्क्रिनले सवारी साधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ । एकल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ-लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्छन् ।

नेक्स्ट-जेन फोर्ड एभरेष्टमा ८०० एमएम सम्मको वाटर वेडिङ क्षमताका साथै अन्य धेरै नयाँ सुविधाहरू छन् ।


क्लिकमान्डु