सेयर बजार राताम्मे बन्दा कसले कमाए, कसले गुमाए ?
काठमाडौं । सेयर बजार राताम्म बनेको छ । बजार मापन गर्ने सूचक २६.४८ अंकले घट्दा परिसूचक १९६९.०१ बिन्दुमा ओर्लिएको छ ।
२५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँको सेयर किनबेच भएको छ ।
बजार राताम्मे हुँदा सबै समूहको उपसूचक ओरालो लागेको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १२.३६, विकास बैंक ३०.२१, वित्त कम्पनी २६.२२, होटल २०.७३, जलविद्युत ४०.३६, जीवन बीमा १२४.८५, उत्पादन तथा प्रशोधन ७०.६२, माइक्रोफाइनान्स १०१.२६, निर्जीबन बीमा ८३.४३, अन्य २०.८४ र ट्रेडिङ समूहको उपसूचक ४९.८७ अंकले घटेको छ ।
बजार राताम्मे बन्दा बुद्धभुमी नेपाल हाईड्रोपावर, युनिक नेपाल लघुवित्त, बोटलर्स नेपाल (तराई), लक्ष्मी उन्नती कोषका लगानीकर्ताले कमाएक छन् भने ग्लोबल आइएमई लघुवित्त, स्वाभिमान लघुवित्त, नाडेप लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी पहिलो स्थानमा रहेको छ । कम्पनीको ८ करोड १२ लाख ८६ हजार ८५४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र एनआईसी एशिया बैंक रहेका छन् ।