७ महिनामा २ खर्ब लगानी प्रतिबद्धता,  साढे १८ अर्ब विदेशी लगानी स्वीकृत



काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा करिब २ खर्ब लगानी प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा १ खर्ब ९५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।

समीक्षा अवधिमा १४४ वटा विदेशी लगानी स्वीकृत भएका छन्, जसमा १८ अर्ब ६३ करोड रुपैयाँको लगानी प्रस्ताव आएको विभागले जनाएको छ । उक्त विदेशी लगानी परियोजनाबाट ८ हजार ६ सय ५ जनाले रोजगारी पाउनेछन् ।

उद्योग विभागको तथ्यांकअनुसार ७ महिनामा स्वदेशी तथा विदेशी गरी १ सय ५३ वटा उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकमा ४१ वटा ठूला, मझौला ४३ वटा र ६९ वटा साना उद्योग दर्ता भएका हुन् । ती उद्योगमा ९ हजार ९१३ जनाले रोजगारी पाउनेछन् ।

माघमा मात्रै १९ वटा उद्योग दर्ता भएका छन् । माघमा ९ वटा उत्पादन क्षेत्रका, ३-३ वटा ऊर्जा, पर्यटन र सेवा क्षेत्रका उद्योग दर्ता भएका छन् । त्यस्तै, सूचना तथा सञ्चार क्षेत्रको एउटा उद्योग दर्ता भएको छ ।


क्लिकमान्डु