यी हुन् सिद्धार्थ इन्स्योरेन्सका ठूला १५ सेयरधनी, बढी हिस्सा सिद्धार्थ बैंकको




काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ठूला सेयरधनीमा विभिन्न व्यक्ति तथा १५ कम्पनी रहेका छन् ।

इन्स्योरेन्समा सिद्धार्थ बैंकसहित विभिन्न कम्पनी तथा व्यक्ति रहेका छन् । कम्पनीमा १२ व्यक्तिको लगानी रहेको छ ।
कम्पनीको ठूला सेयरधनीमध्ये सबैभन्दा बढी सिद्धार्थ बैंकको १५ प्रतिशत अर्थात १९ करोड ३२ लाख १९० कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै पवन कुमार अग्रवालको २.८१ प्रतिशत अर्थात ३ करोड ६१ लाख २८ हजार ८९२ कित्ता, ३.३० प्रतिशत अर्थात ४ करोड २५ लाख ४ हजार ४३४ कित्ता र ४.५९ प्रतिशत अर्थात ५ करोड ९१ लाख ११ हजार १९६ कित्ता रहेको छ ।

यस्तै कमल कुमार बजगाईको ६.४६ प्रतिशत अर्थात ८ करोड १८ लाख ७८ हजार ६७२ कित्ता रहेको छ । यता आरएसआर होलिङको ४.९० प्रतिशत अर्थात ६ करोड ३१ लाख ४० हजार ९८१ कित्ता, पुनम चन्द अग्रवालको १.४९ प्रतिशत अर्थात १ करोड ७५ लाख ९८ हजार ८८८ कित्ता, भरत कुमार तोदीको २.१९ प्रतिशत अर्थात २ करोड ७३ लाख ७० हजार १३५ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै राहुल कुमार अग्रवालको १.४८ प्रतिशत अर्थात १ करोड ९० लाख ७५ हजार ६५० कित्ता, राहुल अग्रवालको ३.४० प्रतिशत अर्थात ४ करोड ३७ लाख ९२ हजार ५३४ कित्ता, सुरेशचन्द्र अग्रवालको १.१७ प्रतिशत १ करोड ५० लाख ६२ हजार ८७४ कित्ता, सुबोध तोदीको २.१३ प्रतिशत अर्थात २ करोड ७३ लाख ७० हजार २०१ कित्ता सेयर स्वामित्व रहेको छ ।

दिनानथ केडियाको १.०६ प्रतिशत अर्थात १ करोड ३६ लाख १९ हजार १३३ कित्ता, केडिया इन्भेष्टमेन्ट कर्पोरेशनको १.१८ प्रतिशत अर्थात १ करोड ५१ लाख ५० हजार ३७ कित्ता र रतनलाल केडियाको १.०६ प्रतिशत अर्थात १ करोड ३६ लाख ५५ हजार २२२ कित्ता रहेको छ ।


क्लिकमान्डु