दुई बीमा कम्पनीको सेयर कारोबार रोक्का




काठमाडौं । दुई वटा बीमा कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ ।

मर्जरमा गएपछि प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले बुधबारदेखि सेयर कारोबार रोक्का हु्न लागेको हो ।
बुधबारदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।

दुवै कम्पनीले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ९ को उपदफा २ को प्रयोजनका लागि सेयर कारोबार रोक्का गर्ने भएका हुन् ।

एकिकृत कारोबार भएको १५ दिनसम्म सेयर कारोबार रोक्का हुनेछ । त्यसपछि कारोबार फुकुवा हुनेछ । यी दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् ।


क्लिकमान्डु