नेपालका ३० सहरमा टिभीएसको माइलेज क्याम्प
काठमाडौं । टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ ।
माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज ¥याली जस्ता विभिन्न कार्यक्रमहरु गरिएको थियो ।
माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका सीईओ दिपक अग्रवालले माइलेज क्याम्प गर्नुको मुख्य उद्देश्य ग्राहकहरुसँग भेटघाट र अन्तर्कृया गर्नु रहेको बताए ।
माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौं, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १ हजार भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन् । यस माइलेज चेक अप क्याम्पमास्कुटर चेक अप गराएपछि आफ्नो स्कुटरको माइलेज पनि बढेको र यसबाट आफुहरु खुशी भएको सहभागिहरुको प्रतिकृया रहेको छ ।
माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन् ।