महालक्ष्मी लाइफ पाँचौ वर्षमा प्रवेश, चैतदेखि प्रभुसँग एकीकृत कारोबार गर्ने लक्ष्य



काठमाडौं । २०७५ माघ २७ गतेबाट कारोबार शुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स पाँचौ वर्षमा प्रवेश गरेको छ ।

नेपाल बीमा प्राधिकरणले २०७९ चैत्रभित्र अनिवार्य रुपमा पुँजी वृद्धि गर्ने निर्देशन दिएपछि प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रक्रियामा रहेको कम्पनीले चैतभित्र एकीकृत कारोबार गर्ने भएको छ ।

निर्धारित समयमा एकीकृत कारोबार गर्न नसके पनि २०७९ चैतभित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० रमेश कुमार भट्टराईले बताए ।

‘भारतीय बीमांकीबाट सम्पत्ती दायीत्वको मूल्याङ्कन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न सकिएन’ भट्टराईले भने, ‘२०७९ चैत्रभित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’

एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानीकर्ता र बीमितहरुको हितलाई सधै सर्वोपरि राखि काम गर्ने विश्वास लिएको उनले बताए ।

जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरुसँग अस्वस्थ प्रतिस्पर्धाको बीच गुणस्तरिय कारोबार गर्नु ठुलो चुनौती रहेको र कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई भोग्नु परेको उनको भनाइ छ ।

कम्पनीले प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाइफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ जस्ता जनचेतनामूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन गर्दै आएको छ ।

कम्पनीले गत आव २०७८र७९ को पौष मसान्तको तुलनामा चालु आव २०७९र८० को पौष मसान्त सम्ममा चुक्ता पुँजीमा ५०५, जगेडा कोषमा ६०.७ ५, जीवन बीमा कोषमा ५६.४५, महाविपत्ति कोषमा ४४.५५, कर्जा लगानीमा २९.५५, दाबी भुक्तानीमा ३८५ र मुनाफामा ३५..४५ ले बृद्धि गर्न सफल भएको छ ।


क्लिकमान्डु