भारतीय बजारमा ३५% बजार हिस्सा ओगटेको हिरो मोटोकर्पले एक वर्षमा कति गर्छ व्यापार ?



काठमाडौं । अटोमोबाइल क्षेत्रमा विश्वकै तेस्रो ठूलो उत्पादक देश भारतमा दुई पाङ्ग्रे सवारी साधनमा एकै कम्पनीले बजारको ३५ प्रतिशत हिस्सा ओगटेको छ ।

भारतमा साना तथा ठूला गरी दुई दर्जको हाराहारीमा दुई पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनी छन् । तर, त्यसमध्ये भारतीय बजारको ३५ प्रतिशत हिस्सा एउटै कम्पनीले ओगटेको देखिन्छ ।

विभिन्न तथ्याङ्क तथा अध्ययनअनुसार दुई दर्जन कम्पनीमध्ये हिरो मोटोकर्प लिमिटेडले मात्रै भारतीय बजारको ३५ प्रतिशत हिस्सा ओगटेको छ । वार्षिक ९५ लाख युनिट उत्पादन क्षमतामा रहेको कम्पनीले वार्षिक खर्बौं रुपैयाँको व्यापार गर्दै आएको छ।

दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीले एकै वर्ष ३ खर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको देखिन्छ ।

कम्पनीले सन् २०२१ मा भारतीय रुपैयाँ ३ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा भारतीय रकम २ खर्ब ९५ अर्ब ५१ करोड रुपैयाँको व्यापार गरेको छ ।

त्यसैगरी, कम्पनीले फिस्कल एयर सन् २०२३ को पहिलो त्रैमासिकमा ४ अर्ब ४७ करोड रुपैयाँको व्यापार गरेको जनाएको छ । कम्पनीले वार्षिक ३ खर्बको हाराहारीमा व्यापार गर्दा २५ अर्ब रुपैयाँ हाराहारीमा नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा भारतीय रकम २९ अर्ब ८२ करोड रुपैयाँ, सन् २०२२ मा २५ अर्ब २ करोड रुपैयाँ र सन् २०२३ को तीन महिनाको अवधिमा ५ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको सवारी साधन उत्पादनका लागि मात्रै ८ वटा युनिट उद्योग रहेको छ । जसमा कम्पनीको ८ वटा उद्योगमध्ये ६ वटा उद्योग भारतमा रहेको छ अन्य दुई वटा कोलम्बिया र बंगलादेशमा रहेको छ ।

कम्पनीले विभिन्न ६ वटा क्षेत्रमा सवारी साधन उत्पादन गर्दै आएको देखिन्छ । कम्पनीअनुसार हरियानाको धारुहेरा र गुरागाउँ, उत्तरअञ्चलको हरिदवार, राजस्थानको निमराना, गुजरातको हलोल र आन्द्र प्रदेशको चितोरमा आफ्नो प्लान्ट उद्योग स्थापना गरी स्कुटर तथा मोटरसाइकलत उत्पादन गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले जर्मनी र जयपुरमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधन उत्पादन सुरु गरेको छ । कम्पनीले गत अक्टोबरमा मात्रै ‘भिदा’ ब्रान्डको विद्युतीय दुई पाङ्ग्रे सवारी साधन सार्वजनिक गरेको छ । साथै, कम्पनीले पेट्रोलियम कम्पनीसँग सहकार्य गरेर देशभर चार्जिङ स्टेशन बनाउने तयारी गरेको छ ।

हिरो मोटकर्पले भारती बजारमा मोटरसाइकल सेग्मेन्टले ४८.३ प्रतिशत बजार हिस्सा ओगटेको छ भने स्कुटर सेग्मेन्टले ५१.५ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै, कम्पनीले विश्वभर ४९ लाख युनिट सवारी साधन बिक्री गरेको उल्लेख छ । विश्वभर ९ हजार बढी ग्राहक रहेको कम्पनीले दुई पाङ्ग्रे सवारी साधनमा ३५ हिस्सा ओगटेकाले सबैभन्दा ठूलो उद्योगको रुपमा स्थापित रहेको छ ।

कम्पनीले चारवटा ब्रान्डमा टप १० वटा मोटरसाइकल र दूई वटा मोडलमा टप १० स्कुटर उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने ब्रान्डमध्ये दुई पाङ्ग्रे ओइएमको हिस्सा सबैभन्दा बढी छ ।

त्यसैगरी, कम्पनीले स्प्लेन्डर, एचएफ डिलक्स र प्यासन ब्रान्डको हिस्सा ७० प्रतिशत रहेको छ । ओइएम ब्रान्डको मोटरसाइकलको मात्रै ३० प्रतिशत हिस्सा रहेकाले आम्दानी सकारात्मक रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले सन् २०२२ मात्रै ३ लाख युनिट निर्यात गरेको जनाएको छ । जसमा भारतीय बजारबार अटोमोबाइल निर्यात गर्नेमा ७ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले २०२५ सम्ममा निर्यात १५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।


क्लिकमान्डु