भारतले आफ्नै मोबाइल अपरेटिङ्ग सिस्टम ल्याउँदै



एजेन्सी । भारतले आफ्नै मोबाइल अपरेटिङ्ग सिस्टम (ओएस) ल्याउन हुने भएको छ । एन्ड्रोइड र एप्पलको आईओएसजस्तै भारतको आफ्नै किसिमको मोबाइल अपरेटिङ्ग सिस्टम ‘भारओएस’ बजारमा आउन लागेको हो ।

भारतस्थित आईआईटि मद्रासले आफ्नो ‘जे एण्ड के अपरेसन प्राइभेट लिमिटेड’ नामक स्टार्टअपमार्फत आफ्नै ओएस बजारमा ल्याउन लागेको हो । उक्त अपरेटिङ सिस्टममा कुनै पनि डिफल्ट एप नहुने समेत बताइएको छ ।

भारतका आइटी मन्त्री अश्विनी वैष्णव र शिक्षा मन्त्री धमेन्द्र प्रधानले मंगलबार उक्त ओएस ‘भारओएस’को परीक्षण गरेका थिए ।

भारतको स्वदेशी उत्पादन रहने यो ओएस ‘ओरिजिनल इक्विपमेन्ट म्यानुफेक्चरर’को मोबाइलमा इन्स्टल गर्न सकिने बताइएको छ ।

यसमा प्रयोगकर्ताको सुरक्षा र गोपनियताको विशेष ख्याल गरिने बताइएको छ । सँगै यसको युजरबेश (प्रयोगकर्ताको लागि रहेको स्वरुप) एप्पलको आइओएस र एन्ड्रोइडको जस्तै प्रयोगकर्ताका लागि सहज हुने बताइएको छ ।

यो ओएसमा कुनै पनि डिफल्ट एप (सिस्टममै रहेको एप) नहुने भएकाले प्रयोगकर्तालाई एउटै एप प्रयोग गर्न बाध्य नबाइने बताइएको छ ।

‘भारओएस’मा प्रयोगकर्ताकै आफ्नो नियन्त्रण हुनेछ । अर्थात यो ओएस भएपछि प्रयोगकर्ताले आफ्नो फोनमा कुन एप राख्ने कुन नराख्ने भन्ने बारेमा स्वतन्त्रता हुनेछ ।

हाल बताइएअनुसार भारतको यो ओएसलाई निशूल्क बनाइनेछ । यसलाई आम नागरिक र भारतको सरकारी संयन्त्रहरुले पनि बिना कुनै रोकतोक प्रयोग गर्न पाउनेछन् ।

हाल विश्वभर विभिन्न अपरेटिङ सिस्टम (ओएस) प्रयोगमा छन् । जसमध्ये एन्ड्रोइड र आईओएसको दबदबा रहेको छ । यस्तोमा भारतको दाबी भने ‘भारओएस’ले भारतमा यी दुवैमाथिको परनिर्भरतालाई कम गर्ने रहेको छ ।


क्लिकमान्डु