नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पक्राउ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे बाँकेको कोहलपुरबाट पक्राउ गरिएको जानकारी दिए ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको भनाइ छ ।

सांसद चौधरीसहित तीन जनाविरुद्ध आगजनीको मुद्दामा कैलाली जिल्ला अदालतबाट ६ महिना कैद फैसला भएको थियो ।


क्लिकमान्डु