नयाँ फिचर्ससहित हुण्डाई भेन्यू बजारमा: मूल्य ४० लाख, यस्ता छन् थप विशेषता



काठमाडौं । हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ ।

यसअघिको हुण्डाई भेन्यूको को नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयुभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम थप्ने कम्पनीले जनाएको छ ।

नयाँ भेन्यूले आकर्षक डिजाइन, विशिष्ट सुविधा, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार कनेक्टिङ एलईडी टेल ल्याम्पले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ । त्यस्तै हुण्डाई भेन्यूको अघिल्लो भागमा रहेको प्यारामेट्रिक फ्रन्ट गाढा क्रोम ग्रिल, नयाँ बम्पर र स्किड प्लेट डिजाइनले गाडीलाई आधुनिक तथा स्पोर्र्टी लुक दिएको कम्पनीको दाबी छ ।

यसमा रहेको डायमण्ड कट मिश्र धातु पाङ्ग्रा, एलईडी प्रोजेक्टर बत्ती, पुडल ल्याम्प, शार्क फिन एन्टेना रूफ रेलले नयाँ हुण्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको जनाएको छ ।

नयाँ हुन्डाई भेन्यूकोे फराकिलो वनावट र टू नोट ब्ल्याक ग्रिज इन्टेरियरका कारण निकै नै आरामदायी रहेको छ । नयाँ हुन्डाई भेन्यूको विस्तारित बुट स्पेस सहितको ६०ः४० स्प्लिट सिट, कप होल्डर सहितको रियल सेन्टर आर्मरेस्ट, दुई वटा रियर यूएसबी चार्ज, टू स्टेप रियर रिक्लाइनिङ सिट सुविधाजनक चालक सिट रहेको छ ।

यसमा वाएरलेस फोन चार्जर, डिवेल जोन क्लाइमेट कन्ट्रोल एसी । स्मार्ट सनरुपफ लगाएतका सुविधा हुण्डाईको नयाँ भेन्यूमा रहेको छ । नयाँ हुन्डाई भेन्यूमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । यसले ग्राहकको ड्राइभिङ्ग अनुभवलाई शान्त र सहज बनाउने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

यस बाहेक नयाँ भेन्युमा डुअल एयरब्याग, रियर पार्किङ असिस्ट क्यामेरा, अटोमेटिक हेडल्याम्प र हेडल्याम्प एस्कर्ट फंक्शन, कर्नरिङ ल्याम्प, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट,रहिल असिस्ट कन्ट्रोल लगायतका थप सुरक्षा सुविधाहरु रहेको कम्पनीले जनाएको छ । १९५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो कम्प्याक्ट एसयूभीको पावर रहेको जनाएको छ ।

ई, एम र एसएक्स गरी तीनवटा भेरीयन्टमा उपलब्ध रहेको नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९ लाख ९६ हजार कायम गरिएको छ । नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरू मध्ये एक रहेको छ हुन्डाई भेन्यू ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।


क्लिकमान्डु