केन्टका विभिन्न विद्युतीय वस्तुहरू नेपाली बजारमा



काठमाडौं । ईओएल प्रालि, नेपालमा केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरक हो । जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तुहरू छन् । अहिले केन्ट ब्रान्डका नयाँ एमसीबी र थप विद्युतीय सामानहरू नेपाली बजारमा ल्याएको छ ।

यस अन्तर्गत, बिल्कुलै नयाँ आईस्मार्ट फेन्सी एंगल होल्डर, आईस्मार्ट फेन्सी ब्याटन होल्डर, आईस्मार्ट मोड्युलर एंगल होल्डर, आईस्मार्ट मोड्युलर ब्याटन होल्डर, आईस्मार्ट सिक्स ए प्लग टप, मेल फिमेल बेला, मेटल बक्स नेक्स एमसीबी टिपिएन सिरिज आदि उपलब्ध छन् ।

सबै नयाँ वस्तुहरू उत्कृष्ट विशेषताहरूले भरिपूर्ण रहेको कम्पनीको दाबी छ । सबै सामानहरू नेपालभरि बजारमा सजिलै पाइने कम्पनीले जनाएको छ ।

केन्टसँग पहिले नै बजारमा नेक्स सिरिजको सेमी–मोड्युलर स्विचहरू, विभिन्न प्रकारका फ्यानहरू, ग्यास र इलेक्ट्रिक गिजरहरू, हेलोजन हिटरहरू उपलब्ध छन् । केन्ट भारत ब्रान्ड नेपालीहरूको लोकप्रिय ब्रान्डहरूमध्ये एक हो ।

सिजी इलेक्ट्रोनिक्स चौधरी ग्रुपको एक कम्पनी हो जो नेपालमा इलेक्ट्रोनिक्स व्यवसायको अग्रणी संस्था हो । सिजी इलेक्ट्रोनिक्सले विगत ४५ वर्षदेखि विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा घरेलु सिजी ब्रान्डहरूको विक्री वितरण गरिरहेको छ ।

ईओएल प्रालि, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सब्सिडी कम्पनीले २०१७ देखि प्रिमियम गुणस्तरका विद्युतीय उत्पादनहरू जस्तै फ्यान, सेमी–मोड्युलर स्विचहरू, एम.सि.बि., होल्डरहरू र रुम हिटर, वाटर हिटर र गिजरहरु प्रतिष्ठित ब्रान्ड केन्ट भारत ब्रान्डका उत्पादनहरू मार्केटिङ र वितरण गर्दै आएको छ ।


क्लिकमान्डु