हिमालयन बैंकका सीईओको तलब/भत्ता २ करोड बढी, सञ्चालकले बुझे आधा करोड



काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब, भत्ता बापत २ करोड १५ लाख १६ हजार ३३३ रुपैयाँ दिएको छ ।

बैंकले सीईओलाई तलब बापत १ करोड ६ लाख २ हजार, भत्ता बापत ९५ लाख ४८ हजार टेलिफोन तथा मोबाइल बापत ४ लाख ४४ हजार ३०५ रुपैयाँ र विविध खर्च बापत ९ लाख २२ हजार २८ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकले सीईओलाई गाडी, बीमाको सुविधा दिएको छ ।

यस्तै बैंकबाट सञ्चालकले ५३ लाख ४ हजार ४५६ रुपैयाँ भुक्तानी गरेको छ । जसमा बैठक भत्ता ३४ लाख २० हजार, टेलिफोन र मोबाइल बापत १ लाख ९३ हजार १८५ रुपैयाँ र विविध शिर्षकमा १६ लाख ९१ हजार २७१ रुपैयाँ भुक्तानी गरेको छ । बैंकले सञ्चालकलाई बीमाको सुविधा दिएको छ । बैंकमा ७ जना संचालक रहेका छन् ।

बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता २० हजार र सञ्चालकलाई १६ हजार रुपैयाँ रहेको छ । संचालकहरुका लागि २ लाखको औषधी उपचार बीमा र ३० लाखको दुर्घटना बीमा गरिएको छ ।


क्लिकमान्डु