लक्ष्मी बैंकको बाइसौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बहिबार काठमाडौंमा बैंकको साधारणसभा भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०७८/७९ मा १३९ अर्ब रुपैयाँ निक्षेप र १३२ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।


क्लिकमान्डु