प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ६.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु