नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
कम्पनीले कम्पनीको लगानी योग्य रकम नेपाली रुपैयाँ तथा अमेरिकन डलर ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो ।
एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने कम्पनीले जनाएको छ । जसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ जर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोके बमोजिमको कोटेशन सम्बन्धी फाराम भरि सात दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्ने छ ।
फाराम कम्पनीको वेभसाइटमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, प्रस्तावको मान्य अवधि एक महिनाको हुने कम्पनीको भनाइ छ । प्रस्ताव केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालय बाट प्राप्त भएको प्रस्ताव भने मान्य नहुने कम्पनीले जनाएको छ ।