सेयरधीलाई १३.६८% लाभांश दिएको प्राइम लाइफका सीईओको तलब भत्ता १ करोड ८ लाख



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७७/७८ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ८ लाख ३२ हजार ८९२ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

कम्पनीले सीईओलाई तलब बाहेक सवारी साधन सूविधा पनि दिएको जनाएको छ । सीईओको तलब भत्ता आर्थिक वर्ष २०७६/०७७ को तुलनामा बढेको छ । उक्त आवमा सीईओको तलब भत्ता ८९ लाख ८८ हजार ३७४ रुपैयाँ रहेको थियो ।
कम्पनीले अन्य व्यवस्थापनका पदाधिकारीहरुलाई ५ करोड ७३ लाख ५३ हजार ४५ रुपैयाँ तलब भत्ता भूक्तानी गरेको जनाएको छ ।
कम्पनीले उक्त आवमा सञ्चालकलाई ६ लाख ८२ हजार रुपैयाँ भत्ता दिएको छ । कम्पनीले सञ्चालकहरूलाई पारिश्रमिकको व्यवस्था नगरेको जनाएको छ । सञ्चालक समितिको बैठकमा भाग लिएबापत प्रति बैठक अध्यक्षलाई ८ हजार र सञ्चालकलाई ७ हजार भत्ता दिएको छ ।

कम्पनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश दिएको छ । सेयरधीलाई १३.६८ प्रतिशत लाभांश दिएको कम्पनीले सीईओलाई १ करोड ८ लाख ३२ हजार ८९२ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ । कम्पनीको सीईओमा निर्मल दाहाल रहेका छन् ।


क्लिकमान्डु